बिहीबार, वैशाख १३, २०८१

१०२ वर्ष अगाडिको शुभकामना पत्र

सुनिल उलक २०७९ चैत १२ गते ११:४४

काठमाडाैं । सन् १९२१ अर्थात वि.सं. १९७८ को पौषमा पठाइएको यो ग्रीटिङ कार्ड एउटा नौलो अनुभुति लाग्छ । १०० वर्ष अगाडी नेपालमा हुलाकमा साधारण पत्र पठाउने ब्यवस्था नहुँदा यो किसिमको ग्रीटिङ कार्ड एउटी बहिनीले दिदीको लागी पठाइएकी हुन् । सन् १९२१ को डिसेम्बर २८ तारिखको दिन दिदी भुवन कुमारी देवीलाई बहिनी बुद्धिमतीले पठाएको यो कार्डमा बहिनी बुद्धिमतीले आफ्नै तस्विरको प्रयोग गरेकी छिन् ।

कार्डमा लेखिएको शब्द यस्ताे छ :
“My dashing sis with profound love
affably yours
Buddhimati 28 December 1921.

यहाँ प्रयोग गरिएका अंग्रेजी शब्दले दुबैले अंग्रेजी माध्यममा पढेको भन्ने बुझिन्छ । यहाँ सबैलाई खुलदुलि होला । आखिर यि भुवनकुमारी देवी र बुद्धिमती को हुन भन्ने । देवशम्शेरका भाइ चन्द्रशम्शेरको षडयन्त्रले देश निकाला भए पछि धनकुटामा जन्मिएकी भुवन कुमारी देवी देव शम्शेरको तेश्रो रानी कृष्णकुमारीकी कान्छी छोरी थिइन्, भने बुद्धिमती उनको अर्को आमा तर्फबाट बहिनी हुन्। धनकुटाबाट भारतको मसुरीमा बाँकी जिवन बिताउन पुगेका देवशम्शेरको सम्पूर्ण परिवार झरिपानीमा नै बस्थे ।

यो कार्ड पठाउने समयमा भुवनकुमारी रानी भुवनेश्वरी राज्य लक्ष्मी भइसकेकी थिइन् । उनको खैरगढीका राजा प्रताप बिक्रम शाहसंग बिवाह भइसकेको थियो । तसर्थ पनि बहिनीले मर्यादापूर्वक कार्ड पठाएकी थिन्। दोश्रो ब्याइते आमाबाट जन्मने सन्तान सम्मानित हुन्थे भने ल्याइते वा दासीहरुबाट जन्मने सन्तान केही अपहेलित र दोश्रो दर्जामा राखिन्थे ।

प्रतिक्रिया