मलंगवाबाट १ सय ८८ केजी गाँजा बरामद
नेपालखोज
२०७९ चैत १२ गते १२:४५

काठमाडौँ । सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १ सय ८८ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) पुरुषोत्तम थापाले जानकारी दिए ।
मलंगवा नगरपालिका–११ गम्हरीया स्थित झिम खोला बाँध इलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा भेटिएको हो । सशस्त्र प्रहरी बलको गस्ती टोलीलाई देखेपछि कारोबारीहरु गाँजा छाडेर भागेका थिए । बरामद गाँजा सशस्त्र प्रहरीको गणमा राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया