प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो प्राथमिकता : प्रहरी महानिरीक्षक कुँवर
नेपालखोज
२०७९ चैत १२ गते १२:५२

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो प्राथमिकता भएको बताएका छन् । उनले प्रहरीको आन्तरिक सदृढीकरणबाट नडगमगाउने बताए ।
आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरीमा सुधार आवश्यक रहेको बताए । प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नभएको पनि उनको भनाइ छ ।
अपराधको रोकथाम, अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय तथा सहकार्य गर्दै देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाउन आफू क्रियाशील रहने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया