गोरखा दरबार पुगेर राष्ट्रपतिले गरे पूजापाठ

नेपालखोज २०७९ चैत १२ गते १३:२५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरवारमा रहेको कालिका र गोरखनाथको दर्शन र पूजापाठ गरेका छन् ।

आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत गोरखा दरबार पुगेका उनी करिव आधा घण्टा पुजापाठमा व्यस्त रहे ।

हेलिकप्टरमार्फत गोरखा संग्रहालय झरेका उनले संग्रहालय मूल गेट अगाडि ठुलोआँगनका रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण गरे ।

प्रतिक्रिया