हरि ढकालको प्रश्न-सेयरबजार निरन्तर ओरालो लागेको छ, सरकारकाे ध्यान कहिले जान्छ ?

नेपालखोज २०७९ चैत १२ गते १४:१९

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हरि ढकालले सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सेयरबजार लगातार १९ महिनादेखि ओरालोतिर रहेको बताए ।

उनले भने, ‘लगातार १९ महिनादेखि निरन्तर सेयरबजार ओरालो लागेको छ। कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो?’

प्रतिक्रिया