बिहीबार, जेठ २, २०८२

भुटानी शरणार्थी बनाएर विदेश पठाउने ३ जना पक्राउ

नेपालखोज २०७९ चैत १२ गते १८:३३

काठमाडौं । भुटानी शरणार्थी बनाएर नेपालीलाई विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३/४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया