बिहीबार, चैत १५, २०८०

बलिउडमा सिक्वेलको लहर

नेपालखोज २०७९ चैत १३ गते १०:३९

काठमाडाैं । सनी देओल, सलमान खान, अक्षय कुमारदेखि आयुष्मान खुरानासम्म धेरै बलिउड सेलिब्रेटीहरू छन् जसका धेरै फिल्मको सिक्वेल तयार भैसकेको छ । केही स्टारहरु छन् जसको सिक्वेल पाइपलाइनमा छन् अर्थात छिट्टै बन्ने तयारीमा छन् । यो सूचीमा दुई-चार होइन पूरै एक दर्जन फिल्म छन् । जब १२ वटा सिक्वेल फिल्मको लिस्ट तयार छ भने बलिउडमा फेरि एकपटक सिक्वेलको ट्रेन्ड सुरु भएको छ भन्नु गलत हुनेछैन । यी फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल बनाउन करोडौं रुपैयाँ खर्च गर्न तयार भएका हुन् ।

यी १२ चलचित्र मध्ये यो वर्ष केही चलचित्र रिलिज हुने छन भने आगामी २-३ वर्षमा केही चलचित्र रिलिज हुने अनुमान गरिएको छ । बलिउडका ट्रेड पण्डितहरूका अनुसार २०२३ र २०२४ फ्रेन्चाइज फिल्मको वर्ष हुन गैरहेको छ । के बलिउडमा नयाँ र राम्रा विचारहरूको कमी छ ? के सिक्वेलहरू सफलताको ग्यारेन्टी हुन् ? के बलिउडमा मौलिकताको खजाना खाली भयो ? के दर्शकहरु परिचित पात्र मात्र हेर्न रुचाउँछन् ? सिक्वेल फिल्मको लाइन रहेको र बलिउडमा दर्शकले खासै रमाइलो नपाएकाले यो प्रश्न उठेको हो ।

टाइम्स अफ इन्डियासँग कुरा गर्दै ट्रेड एनालिस्ट अतुल मोहनले अहिले धेरै फिल्म स्टुडियोले धेरै सिक्वेल बनाउने योजना बनाएको बताए । १० देखि १२ वटा फिल्मको सिक्वेल बन्ने तयारीमा छ । केही पुष्टि भैसकेका छन् र केही आधिकारिक घोषणाको तयारिमा छन् । यो वर्ष हामीले टाइगर- ३, गदर- २, यारियाँ- २, ड्रीम गर्ल- २ गरि चारवटा चलचित्र हेर्न पाउनेछौँ । यी फ्रेन्चाइजी फिल्ममा करोडौं रुपैयाँ दाउमा लागेको छ ।

कुराकानीका क्रममा ट्रेड एनालिस्ट कोमल नाहटाले सुपरहिट फिल्मको सफलतालाई सदुपयोग गर्न निर्माताहरुले सिक्वेल बनाउने गरेको देखिदै आएको बताइन् । कहिले यो फर्मुला हिट हुन्छ त कहिले फ्लप । हरेक हिट फिल्मको सिक्वेलसँगै दर्शकको अपेक्षा बढ्दै जान्छ । शाहरुख खानको पठान सुपर डुपर हिट भयो । त्यसैले यसको सिक्वेल बन्ने अनुमान गरिएको छ। यसको पछाडिको कारण के हो भने सिक्वेलले पहिले नै कमाएको दर्शकहरू प्राप्त गर्न सक्छ । यो फरक कुरा हो कि यदि सिक्वेल राम्रो भएन भने फिल्मको कमाई घट्छ तर चलचित्रको प्रारम्भिक संकलन भने बलियो हुने पक्का छ । सिक्वेल फिल्मको सफलता दर उच्च छ । राज बन्सल सिक्वेल फिल्मको सफलताको दर सधैं उच्च रहेको बताउँछन् । फिल्मले राम्रो गर्ने ग्यारेन्टी निर्माताको दिमागमा कतै छ ।

लाइनमा भएका सिक्वेलहरू

टाइगर- ३ र गदर- २ दुबै चाँडै रिलिज हुन लागेका छन्, जसलाई लिएर निकै चर्चा छ । यस बाहेक अक्षय कुमार र जोन अब्राहमको फिल्म देसी ब्योइज- २ सँगसँगै यारिया-२, ड्रीम गर्ल-२ पनि निर्माण हुने अनुमान छ । यसबाहेक हेराफेरी- ४, वेलकम- २, आवारा पागल दिवाना- २, आशिकी- ३, पठान- २, भूल भुलैया- २ पनि यहि लहरमा छन् ।

प्रतिक्रिया