सुनचाँदीकाे मूल्य सामान्य घट्याे

नेपालखोज २०७९ चैत १३ गते १०:४१

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ । 

आज छापावाल सुन तोलामा एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ८ हजार ५०० रुपैयाँमा कारोबा भइरहेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया