आइतबार, वैशाख २३, २०८१

आणविक हतियार तैनाथ गर्ने पुटिनको घोषणा

नेपालखोज २०७९ चैत १३ गते ११:४५

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका छन् । रुस-युक्रेन युद्धको बीचमा पुटिनले शनिबार आणविक हतियार तैनाथ गर्ने ठूलो घोषणा गरेका हुन् ।

पश्चिमी देशहरूसँग बढ्दो तनावलाई लिएर पुटिनले नाटोलाई युक्रेनमा हतियार आपूर्ति नगर्न चेतावनी समेत दिएका छन्। पुटिनले भने- ‘मेरो यो निर्णयले परमाणु सन्धिको उल्लङ्घन गर्दैन। अमेरिकाले अन्य देशमा पनि आफ्ना आणविक हतियार तैनाथ गरिसकेको छ र अब हामी पनि त्यही गर्नेछौं।’

यसैबीच अमेरिकाले पुटिनको निर्णयमा रुसले आणविक हतियार प्रयोग गर्ने संकेत नरहेको बताएको छ ।

प्रतिक्रिया