प्रहरीको चार एआईजीमा बढुवा सिफारिस

नेपालखोज २०७९ चैत १३ गते ११:५८

काठमाडौं । नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएको छ ।

सोमबार बसेको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ ।

उनीहरू सबै वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन् । सरकारले चैत १० गते कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो ।

नेपाल प्रहरीका ८ एआईजी दरबन्दीमध्ये तीनजनाले चैत १० गते मध्यरातबाट अवकाश पाएका थिए ।

प्रतिक्रिया