लामिछानेविरुद्ध मुद्दाको पेसी स्थगित

नेपालखोज २०७९ चैत १३ गते १२:३६

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेसी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेसी परेको थियो ।

प्रतिक्रिया