शनिबार, असार ७, २०८२

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना कारागार चलान

नेपालखोज २०७९ चैत १३ गते १४:५०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई कारागार चलान गरिएको छ ।

१२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी ताकिएको थियो । धरौटी रकम नबुझाएपछि उनीहरुलाई कारागार चलान गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

काररागार चलान हुनेहरुमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का रहेका छन् ।

७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया