खुलामञ्च छिर्न खोजेका मिटरब्याज पीडितलाई महानगरको रोक
नेपालखोज
२०७९ चैत १३ गते १७:४६

काठमाडौं । महोत्तरीको बर्दिबासबाट हिँडेर काठमाडौं आएका मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ ।
उनिहरु वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले रोक लगाएको हो । यसअघि नै पीडितहरुलाई खुल्लामञ्च छिर्न नदिन महानगरले खुलामञ्चमा ताला लगाएको थियो । मिटरव्याजी पीडितहरुले महानगरविरुद्ध नाराबाजी गरेका छन् ।
खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन् । खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमै बसेका छन् ।
सम्बन्धित
प्रतिक्रिया