शुक्रबार, चैत १६, २०८०

पछिल्लो चौबीस घण्टामा ६९ संक्रमित

नेपालखोज २०७९ चैत १३ गते १८:१६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ६९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार २६६ जनाको नमुना परीक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण देखिएको हो ।

४८८ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा र ७७८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ६६ पुगेको छ ।

प्रतिक्रिया