मिटरब्याजीलाई शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ : बालेन साह

काठमाडौं । मेयर बालेन साहले मिटरव्याज पीडितहरु सधै काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको बताए ।
साहले बिगत केही बर्ष देखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाही को दायरामा ल्याउने आश्वासनमै सिमित रहेको गुनासो गरे ।
साहले भने, ‘हिजो ११ दिन हिडेर काठमाडौ आउने समाचार हेरे पछि महानगर को मेयर को हैसियतले आफ्नो कार्यक्षेत्र मा नपरे पनि मानबता को नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरु को माग प्रती एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उहाहरु को समस्या समाधान को लागि जोडदार माग राख्दछौ ।’
हामी चाहन्छौ यस्तो अवस्था मा काठमाडौ कोहि आउन नपरोस , गाउँ गाउँ मा सरकार पुगोस भन्ने चाहेको उनको भनाइ छ ।

प्रतिक्रिया