आइतबार, वैशाख २३, २०८१

अल्बानियाको टिभी स्टेशनमा सशस्त्र आक्रमण : १ जनाको मृत्यु

नेपालखोज २०७९ चैत १३ गते २०:०६

तिराना । अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ ।

सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १स्०० बजे भएको थियो । प्रहरीकाअनुसार आक्रमणमा शीर्ष च्यानल टिभी स्टेशनको भवन बाहिर रहेको बुथमा ६० वर्षीय सुरक्षा गार्डको मृत्यु भएको थियो ।

प्रहरीले आक्रमणको घटनास्थलबाट दुईवटा अटोमेटिक राइफलसहित जलेको एसयुभी कार फेला पारेको छ । घटना बारे अनुसन्धान जारी छ । प्रधानमन्त्री इदी रामाले सशस्त्र आक्रमणको निन्दा गर्दै पीडित परिवारलाई समवेदना व्यक्त भएको छ।

प्रतिक्रिया