मंगलबार, वैशाख ११, २०८१

के हो सिजोफ्रेनिया ? डब्लूएचओको चेतावनीमा के छ ?

नेपालखोज २०७९ चैत १४ गते ६:४९

संसारमा कल्पना भन्ने कुरा नभएको भए आधाभन्दा बढी संसार उजाड हुन्थ्यो । सबै कला कल्पनाबाट उत्पन्न हुन्छन् । तितो यथार्थबाट जोगिन मानिसहरु कल्पनाकै सहारा लिन्छन् । यद्यपि कल्पना पनि ओभरडोज भयो भने यो रोग पनि बन्न सक्छ । जसलाई मेडिकल भाषामा सिजोफ्रेनिया भनिन्छ । डब्लुएचओका अनुसार आगामी दिनमा सिजोफ्रेनियाका बिरामीको संख्या बढ्नेछ । मानसिक रोगका बिरामीको संख्या बढ्दै गएको परिपेक्षमा सिजोफ्रेनियालाई पनि एक प्रकारको मानसिक रोग मानिएको छ ।

सिजोफ्रेनिया के हो ?

कतिपय अवस्थामा मानिसहरु कल्पनाको दुनियामा यति टाढा पुग्छन् कि कल्पना र वास्तविकता बीचको भिन्नता नै बिर्सन्छन् । उनीहरु कल्पनालाई नै सत्य मानेर बाँच्छन् । आफूभित्र सिर्जना भएको कल्पनालाई नै सत्य मान्न थाल्छन् तर यथार्थमा त्यस्तो केही हुँदैन । चिकित्सा विज्ञहरूका अनुसार मानव मस्तिष्कमा डोपामिन नामक न्यूरोट्रान्समिटर हुन्छ जसले दिमाग र शरीरबीच समन्वय गर्छ । धेरै पटक कुनै पनि कारणले डोपामाइन केमिकल अत्यधिक बढ्छ , यस्तो अवस्थामा सिजोफ्रेनिया हुन सक्छ । केही अनुसन्धानले यो रोग आनुवंशिक पनि हुनसक्ने खुलासा गरेको छ । परिवारका सदस्यमध्ये कसैलाई सिजोफ्रेनियाको समस्या भए बालबालिकामा ४० प्रतिशतसम्म यो रोग लाग्ने सम्भावना रहने चिकित्सकहरू बताउँछन् । यदि आमा र बाबु मध्ये कुनै एकलाई यो रोग लागेको छ भने बच्चामा १० देखि १२ प्रतिशतसम्म हुने सम्भावना हुन्छ ।

सिजोफ्रेनियाको कारण के हो ?

चिकित्सकहरुका अनुसार सिजोफ्रेनिया हुनुका धेरै कारण हुन सक्छन् । बदलिँदो समयमा तिब्र गतिको जीवन , छिटो र प्रविधियुक्त जीवनशैली , सामाजिक सञ्जालको अत्याधिक प्रयोग, संयुक्त परिवारको विघटन, प्रेममा असफलता, करियरको तनाव, पैसा कमाउने प्रतिस्पर्धा आदि यो मानसिक रोगको कारण हुनसक्छ । यति मात्र होइन कोरोनापछि डिप्रेसन र मानसिक परिवर्तन पनि सिजोफ्रेनियाको कारण हुनसक्छ । कोरोनापछि एक्लोपन, उदासी र तनाव, डर तथा असुरक्षाको अनुभूतिका कारण कैयौं प्रकारका मानसिक रोग देखा परिरहेका छन् ।

सिजोफ्रेनिया नै हो भनेर कसरी बुझ्ने ?

वास्तवमा सिजोफ्रेनियाको अवस्थामा रोगी कल्पना र वास्तविकता बीचको भिन्नता गर्न असमर्थ हुन्छ । ऊ प्रायः आफ्नो कल्पनामा हराउँछ । यसमा बिरामीले घटना वा संयोगको लिङ्कहरू एकसाथ देख्छ । उसले त्यस्ता आवाजहरू सुन्छ, जुन वास्तविकतामा छैन । उसले आकारहरू देख्छ । बिरामी डिप्रेस हुन थाल्छ । उसले कुनै पनि कुराबाट सुख प्राप्त गर्दैन । यस्ता लक्षण लगातार देखिए चिकित्सक वा मनोचिकित्सकलाई देखाउनुपर्छ ।

उपचार
परामर्शसँगै औषधि पनि दिइन्छ । औषधि प्रभावकारी हुन ६ हप्ताभन्दा बढी समय लाग्न सक्छ । कहिलेकाहीँ १(२ वर्ष पनि लाग्न सक्छ । एक रिपोर्ट अनुसार ७० प्रतिशत मानिस उपचारपछि निको हुन्छन् । २० प्रतिशत मानिसमा यो रोग लामो समयसम्म रहन सक्छ । करिब १० प्रतिशतले यो रोगबाट दिक्क भएर आत्महत्या गरेका छन् । प्रतिवेदनमा भनिएको छ ( विश्वभर करिब २ करोड ४० लाख मानिस यो रोगबाट पीडित छन् ।

प्रतिक्रिया