शनिबार, जेठ ५, २०८१

चिहानमा फेला पर्यो प्राचीन गरगहना

नेपालखोज २०७९ चैत १४ गते ९:२८

आर्मेनिया । आर्मेनियामा पुरातत्वविद्हरूले एउटा चिहानबाट सुनका प्राचीन गरगहना फेला पारेका छन् । पोलिश र आर्मेनियाली पुरातत्वविद्हरूको टोलीले मेट्समोर साइटमा ३,२०० वर्ष पुराना सुनका गहनाना फेला पारेका हुन । यो चिहानमा दुईवटा कंकाल पनि भेटिएको छ । पुरातत्वविद्हरूका अनुसार चिहानका ती दुबै कंकाल राम्रोसँग संरक्षित थिए ।

दुवै कंकालका खुट्टा अलिकति झुकेका थिए । ती दम्पतीको ३० देखि ४० वर्षको उमेरमा मृत्यु भएको अनुमान छ । पुरातत्वविद्हरूले चिहान भित्र १०० भन्दा बढी मोती र सुनका गहना फेला पारेका छन । यसमा कांस्य युगका सुन अलंकृत हारहरू पनि समावेश छन् ।

अर्मेनियाको मेट्समोर त्यो ठाउँ हो जहाँ देसकै सबैभन्दा पुरानो सुनको गहना फेला परेको थियो । यो चिहान इजिप्टमा रामेसिस द्वितीयको शासनकालको हो । मेट्समोर एक एक संरक्षित पुरातात्विक स्थल हो । उक्त क्षेत्रमा सन् १९६५ देखि उत्खनन जारि छ, जहाँ यसअघि सिंहको चित्रण भएको सुनको हार तथा सुनको बेल्ट फेलापरेको थियो । आर्मेनियाली हाईल्याण्डमध्ये मेट्समोरमा सबैभन्दा धेरै अध्ययन भएको छ जसमा कब्रिस्तानहरू पनि समावेश छन् ।

प्रतिक्रिया