मिटरब्याज पीडितले खुलामञ्च बाहिरै बिताए रात
नेपालखोज
२०७९ चैत १४ गते १०:३४

काठमाडौं । महोत्तरीबाट ११ दिन हिडेर काठमाडौं पुगेका मिटरब्याज पीडितहरुले खुलामञ्च बाहिर नै रात बिताएका छन् । उनीहरुले धर्नाका लागि खुलामञ्च प्रवेश गर्दा महानरले रोकेपछि बाहिर नै रात बिताएका हुन् ।
आज बिहानैबाट उनीहरु टंगालमा धर्ना बसिरहेका छन् । उनीहरूले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया