कोशी नामाकरणविरुद्ध प्रहरी र आन्दोलनकारीबीच झडप
नेपालखोज
२०७९ चैत १४ गते १४:५१

काठमाडौं । रिाटनगरमा कोशी नामकरणको विरोधमा उत्रिएका आन्दोलनकारी समूह र प्रहरीबीच झडप भएको छ । मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । आनदेलनका कारण स्थानीय जनता र व्यापारीहरु सास्तीमा परेका छन् ।
पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा प्रहार गरेका छन् ।
५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।
सम्बन्धित
प्रतिक्रिया