शुक्रबार, वैशाख ७, २०८१

गहुँ खेतमा बलात्कार, एक युवक पक्राउ

नेपालखोज २०७९ चैत १४ गते १४:५९

काठमाडौं । २५ वर्षीया महिलालाई गहुँखेतमा बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ हरीनगरका २८ वर्षीय प्रदिप साह रहेका छन्। उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। साहले ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका–२ तिनकुने चोकस्थित गहुँखेतमा बलात्कार गरेको उजुरी परेको ईलाका प्रहरी कार्यालय महेशवारीले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया