उपत्यकाका तीन क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालतको अन्तरिम आदेश
नेपालखोज
२०७९ चैत १४ गते १८:१७

काठमाडाैं । उच्च अदालत पाटनले काठमाडौं उपत्यकाका रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको छ ।
विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।
त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियु चुनावको मिति तोके पनि विद्यार्थी संगठनहरुबीच विवाद भएपछि यी क्याम्पसमा चुनाव रोकिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया