बिहीबार, वैशाख १३, २०८१

कस्ता हुन्छन् धनु राशिका मानिस ?

नेपालखोज २०७९ चैत १५ गते ६:२८

ज्योतिषशास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो विधि हो । जोतिषीहरु भन्छन् , जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसँग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन् । राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव, चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ ।

राशिमा आधारित भएर मानिसको प्रेम जिवन, शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भरपर्छ । यसैगरि राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

धनु : धन राशी भएका ब्यक्तीहरु कस्ता हुन्छन त ? यीनिहरु सम्मानित र समाजमा प्रतिष्ठित हुन्छन । उनिहरु आम्दानी – खर्चको हिसाबकिताब राम्रो सँग राख्न सक्छन् भने आफ्नो लक्ष प्राप्तीका लागि निरन्तर लागि पर्छन । यीनिहरु धर्म कर्ममा विश्वाश गर्छन् । यीनिहरुको स्वास्थ्यमा मौसमले छिट्टै असर पार्छ । धनु राशी हुनेहरुलाई ज्ञान गुनका कुरा निकै मनपर्छ भने आफ्नो कुरामा गम्भीर समेत हुन्छन् । धनी र समाजमा प्रतिष्ठित हुन्छन् । अरुलाई राम्रो सल्लाह दिन सक्छन । यीनिहरु अली बढि उत्साहीत र आदर्शबादी त हुन्छन् नै कुनै बेला निकै चिन्तित पनि हुन्छन् ।

उनीहरुको बोलिमा मिठास हुन्छ त्यसैले सबैलाई सजिलै आकर्सित तुल्याउन सक्छन । आफ्नो जीवन सोखिन र आनन्दमय तरिकाले जिउन चाहन्छन्, बिलासिता निकै मन पराउँछन् । धनु राशी भएका ब्यक्तीहरु केही मात्रामा जिद्दी र कोमलो मनका हुन्छन् । यीनिहरुको अनुहार तथा हाउभाउ तेजिलो हुन्छ । मनमा कुनै छलकपट्को भावना हुँदैन तर कहिले काँही उनीहरुलाई अरुले नै भड्काइ रहेका हुन्छन् ।

यीनिहरुलाई मिठो र गुलियो भोजन मनपर्छ । लेखा र व्यवस्थापनको कलामा निपुर्ण हुन्छन् । यीनिहरुमा कर्मकाण्ड, साहित्य, ड्राइभर, भूगर्भविद् तथा समाजसेवी हुनसक्ने बिशेषता हुन्छ । सफल हुनका लागि सुझबुझ समझदारी अपनाउन निकै जरुरी छ । शुभ बार आईतबार र बिहीवार हो भने घातक बार शुक्रबार हो । शुभ रत्न पुष्पराज र मणिक हो । मित्र राशी मेष, कर्कट, सिंह र बृस्चिक हुन । बृष , मिथुन, कन्या र तुला शत्रु शत्रु राशि हुन् ।

प्रतिक्रिया