बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
नेपालखोज
२०७९ चैत १५ गते १०:४४

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।
मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।
हिजो बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।
आजको बैठकमा नेताहरुले त्यो मस्यौदामा आ-आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् । त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।
सम्बन्धित
प्रतिक्रिया