शुक्रबार, चैत १६, २०८०

सन् २०२४ मा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला

नेपालखोज २०७९ चैत १५ गते ११:४०

काठमाडौं । टेस्लाले २०२४ मा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले विद्युतीय ट्रक धेरै मात्रामा सन् २०२४ मा मात्रै निर्माण हुने बताएका छन् ।

यही मार्च-अप्रिलदेखि कम्पनीले साइबरट्रकको निर्माण गर्न सुरु गर्दैछ । टेस्लाले साइबरट्रकलाई सन् २०१९ मै सार्वजनिक गरेको भएपनि मास प्रडक्सन गर्न थालेको छैन् ।

टेस्लाले यसअघि पनि मास प्रोडक्सनमा जानु अगाडि प्रोटोटाइप सार्वजनिक गर्ने गरेको थियो । सन् २०१७ मै देखाईएको मोडेल थ्रीलाई सन् २०१८ सम्म पनि बजारमा उपलब्ध गराइएको थिएन ।

प्रतिक्रिया