मंगलबार, वैशाख ४, २०८१

आईपीएल सिजन १६ शुक्रबार देखि

नेपालखोज २०७९ चैत १५ गते १२:०७

काठमाडौं । इन्डियन प्रिमियर लिग अर्थात आईपीएल – २०२३ को १६ औं सिजनको तालिका सार्वजनिक भैसकेको छ । यो प्रतियोगिता चैत्र १७ गते शुक्रबार ( मार्च ३१ ) सुरु हुँदैछ । आईपीएल – २०२३ मा कुल ७४ खेल खेलिनेछन् ।

आईपीएल – २०२३ का १० टिम : चेन्नई सुपर किंग्स , रोयल च्यालेन्जर्स बेंगलोर , दिल्ली क्यापिटल्स (DC), सनराइजर्स हैदराबाद (SRH), मुम्बई इन्डियन्स (MI) , कोलकाता नाइट राइडर्स (KKR) , राजस्थान रोयल्स (RR) , पञ्जाब किंग्स (PBKS) , गुजरात टाइटन्स (GT) तथा लखनऊ सुपर जायन्ट्स (LSG)।

आईपीएलको यो सिजन होम अवे ढाँचामा खेलाइदैछ । कोभिड–१९ का कारण तीन सिजन देखि होम अवे बन्द भएको थियो । यही कारणले गर्दा आईपीएल २०२२ को सिजन ४ शहरमा मात्रै खेलिएको थियो जसमा नवोदित हार्दिक पाण्ड्याको टोली गुजरात टाइटन्स च्याम्पियन भएको थियो ।

कहाँ हुँदैछ खेल ?

आईपीएल – २०२३ को पहिलो खेल ३१ मार्च र अन्तिम लिग खेल २१ मेमा हुनेछ । यस अवधिमा १२ स्थानमा कुल ७० लिग खेलहरू खेलाइनेछन् । यसमा १८ वटा डबल हेडर समावेश हुनेछन् । यसपटक ७+७ को सूत्रमा खेल हुनेछ अर्थात् सबै टिमले आफ्नो घरेलु मैदानमा ७ खेल र विपक्षी टिमको मैदानमा ७ खेल खेल्नेछन् । आईपीएलको १६ औं सिजनका सबै खेल भारतका १२ विभिन्न स्टेडियममा खेलाईनेछ जसमा अहमदाबाद , मोहाली, लखनऊ, हैदराबाद, बैंगलोर, चेन्नई, दिल्ली, कोलकाता, जयपुर, मुम्बई, गुवाहाटी तथा धर्मशालाका स्टेडियमहरू समावेश छन् ।

समूह बिभाजन

यो प्रतियोगिताका सहभागिहरु १० वटा टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । जस अनुसार समूह ए मा मुम्बई इन्डियन्स , कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् भने समूह बी मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स तथा गुजरात टाइटन्स छन् ।

प्रतिक्रिया