बुधबार, जेठ २४, २०८०

‘सरकार टिकिरहे स्थानीय तहलाई सजिलो’

नेपालखोज २०७९ चैत १५ गते १३:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार स्थीर भए स्थानीय सरकारलाई पनि काम गर्न सजिलो हुने बताएका छन् ।

काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका हुन् ।

सरकार स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउन सक्नुपर्ने उनले बताए । भोलिसम्म चल्ने सम्मेलनमा देशभरका ४०० बढी उपप्रमुख तथा न्यायिक समितिका सदस्यहरु उपस्थित छन् ।

सम्मेलनमा न्यायिक समितिसम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछ भने काठमाडौं घोषणापत्र समेत जारी गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया