बिहीबार, वैशाख १३, २०८१

सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु

नेपालखोज २०७९ चैत १५ गते १३:२७

काठमाडौं । काठमाडौँको बौद्धमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानको आयोजनामा मङ्गलबारदेखि बौद्धको तारागाउँ सङ्ग्रहालयमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको हो ।

उक्त कला प्रदर्शनीको भारतीय राजदूतावास, काठमाडौँका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले कला प्रदर्शनीले नेपाल भारतबीचको सम्बन्धलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरेका छन् ।

सो प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतको मित्रता झल्काउने तथा दुई देशका स्मारकसम्बन्धी तयार पारिएका ३८ कलाकृति राखिएका छन् । उक्त कला प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया