बुधबार, असार ४, २०८२

अहिलेको सरकार ५ वर्षसम्मै टिक्छ : प्रचण्ड

नेपालखोज २०७९ चैत १५ गते १३:४२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले काठमाडौंका मेयर बालेन शाहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई काम गर्न कठिनाइ हुने गरेको भनाइको जवाफ दिँदै सरकार ५ वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’

प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।

प्रतिक्रिया