शुक्रबार, वैशाख १४, २०८१

‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’

नेपालखोज २०७९ चैत १५ गते १६:१०

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताएका छन् ।

बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिने बताए। मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना गर्ने र प्रदेशको गतिलो आयस्रोतको माध्यम बन्ने बताए ।

मुख्यमन्त्री अधिकारीले भने, ‘गण्डकीमा धेरै सम्भावना छन्, यहाँ भएका स्रोत र साधनको सही प्रयोग भएका छैनन्, अब गण्डकी प्रदेश सरकार यसको प्रवद्र्धनमा लाग्छ, रोजगारी सिर्जना गर्छ ।’ उनले उत्तरगङ्गा जलाशययुक्त हाइड्रोपावर निर्माण गर्ने बताए । यसले गण्डकी मात्रै नभइ सिङ्गो देशलाई उज्यालो बनाउने उनको भनाइ थियो ।

प्रतिक्रिया