शुक्रबार, चैत १६, २०८०

दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न माग

नेपालखोज २०७९ चैत १५ गते १८:३५

काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन जनकपुर सम्पर्क कार्यालयमा कार्यरत कर्मचारी दयाराम परियारको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको १७औँ स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

परियारको जनआन्दोलन २०६२/६३ को क्रममा जनकपुरको जनकचोकमा २०६२ चैत १२ गते सुरक्षाकर्मीको गोली लागी उपचारको क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चैत १५ गते निधन भएको थियो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले हरसम्भव प्रयास गर्ने बताए ।

स्व परियारका दाजु प्रकाशचन्द्र परियारले भाइको निधनले मानवअधिकारको क्षेत्रमा क्रियाशील सिङ्गो समुदाय नै जोखिममा रहेको प्रतिविम्बित गरेको र १७ औँ वर्ष पुगिसक्दासमेत न्याय प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे । उनले उक्त घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगको ध्यानाकर्षणसमेत गराए ।

प्रतिक्रिया