रास्वपाले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै

नेपालखोज २०८३ वैशाख २६ गते ८:४५

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै छ ।

आज र भोलि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहान ११ बजे गर्ने छन् ।

पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा आज र भोलि संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रशिक्षण दिइने छ ।

प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई अनिवार्य सहभागिताका लागि रास्वपाले निर्देशन दिएको छ ।

प्रतिक्रिया