शुक्रबार, वैशाख ७, २०८१

कस्ता हुन्छन् मकर राशिका मानिस ?

नेपालखोज २०७९ चैत १६ गते ६:४२

ज्योतिषशास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो बिधि हो । जोतिषीहरु भन्छन्, जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसंग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन् ।

राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव, चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ । राशिमा आधारित भएर मानिसको प्रेम जिवन, शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भरपर्छ । यसैगरी राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ ।

सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

मकर : मकर राशी भएका ब्यक्तीहरु हँसिला, खर्चिला र समझदार हुन्छन् । यो राशिमा शनिको निकै प्रभाब हुन्छ । यिनीहरु धेरै मेहनति हुन्छन् । आफ्नो कार्यलाई निरन्तरता दिई रहन्छन तर कुनै बेला अल्छि मान्न थाले पछी निकै नै अल्छि बनिदिन्छन् । यीनिहरु कुनै पनि कुरा सँग डराउँदैनन भने बदला लिन अघी सरी हाल्छन् । यीनिहरुहरु धेरै छिटो रिसाउँछन र छिट्टै नै शान्त पनि हुन्छन । हत्तपत्त अरुको सुन्दैनन अनि निहुरिएर र आँखा झुकाएर हिंड्ने प्रवृत्तिका हुन्छन् ।

यीनिहरुलाई सत्य र न्याय मनपर्छ । यो राशिका स्वामिहरुले नराम्रो गर्दैनन र नराम्रो सहन पनि सक्दैनन । यीनिहरु हरेक कार्यमा रुची लिन्छन् र त्यसमा सफलता प्राप्त गर्न चाहन्छन् । मकर राशि भएका मानिसहरु निराश हुँदा एकान्तमा बस्न रुचाउँछन । उनिहरु आफ्नो भबिष्यका प्रति निकै सचेत हुन्छन् ।

उनीहरु अनुशासन चाहन्छन् भने परोपकारी पनि हुन्छन् । यीनिहरु लाई फाल्तु कुरा मन पर्दैन । आफ्नो सिद्धान्तमा रहन्छन । यीनीहरु खासगरि राजनीति , सरकारी कार्य , पौडि , लागु तथा मदिराको कार्यमा निपुण हुन्छन् । यीनिहरुमा पर्याप्त धैर्यता तथा अनुशासन हुन्छ । शुभ बार : शनिबार, बुधवार र शुक्रबार घातक बार : मंगलवार शुभ रत्न : निलम, पन्ना तथा हिरा मित्र राशी : बृष, मिथुन, कन्या, तुला र कुम्भ शत्रु राशी : मेष, सिंह, कर्कट तथा बृश्चिक ।

प्रतिक्रिया