शुक्रबार, चैत १६, २०८०

ललितपुर मेयर्स कप : उपाधिका लागि एपीएफ र कोसी भिड्दै

नेपालखोज २०७९ चैत १६ गते ७:४५

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बिहिबार हुँदैछ । टियु मैदान कीर्तिपुरमा हुने फाइनल भिडन्तमा साबिकको विजेता विभागिय टोली नेपाल एपीएफ क्लब र कोसी प्रदेशबीच खेल हुँदैछ ।

अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । 

तेस्रो संस्करणमा कोशी भने पहिलो पटक फाइनल खेल्न लागेको हो । प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको थियो । 

प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया