आईपीएल- २०२३, जसको हातमा रहनेछ टिमको कमान्ड

काठमाडाैं । आईपीएल- २०२३ का लागि अहिले सबै तयार भैसकेका छन् । यो प्रतियोगिता चैत्र १७ गते शुक्रबार ( मार्च ३१ ) सुरु हुँदैछ । यसका लागि सबै फ्रेन्चाईजि क्लबले आफ्नो टिम र कप्तानको घोषणा गरि सकेका छन् ।
कप्तानको कुरा गर्दा रोहित शर्मा र महेन्द्र सिंह धोनी जस्ता दिग्गज खेलाडीहरू यसपटक आ-आफ्नो टिमको नेतृत्वमा देखा पर्नेछन् । योसँगै आईपीएल- २०२३ मा धेरै टिमका कप्तान परिवर्तन पनि भएका छन् । यसपटक आईपीएलको सबैभन्दा सफल टिम मुम्बई इन्डियन्सको कप्तानी रोहित शर्माले गर्दैछन् । महेन्द्र सिंह धोनी फेरि एकपटक चेन्नई सुपर किंग्सको नेतृत्वमा देखिनेछन् ।
अन्य कप्तानहरू
हार्दिक पाण्ड्या गुजरात टाइटन्सको कप्तान हुनेछन् । यसअघि आइपिएल- २०२२ मा हार्दिक पाण्ड्याको कप्तानीमा गुजरात टाइटन्सले उपाधि जितेको थियो। आइपिएल- २०२२ गुजरात टाइटन्सको पहिलो सिजन थियो । यससँगै फाफ डु प्लेसिस रोयल च्यालेन्जर्स बैंगलोरको कप्तान हुनेछन् । फाफ डु प्लेसिस आईपीएल- २०२२ मा पनि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान थिए। राजस्थान रोयल्सको कप्तानी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले गर्नेछन् । लखनऊ सुपर जायन्ट्सको कमाण्ड केएल राहुलको हातमा हुनेछ ।
यसैगरि कोलकाता नाइट राइडर्सले आईपीएल- २०२३ का लागि नितिश राणालाई कप्तान नियुक्त गरेको छ । कोलकोताका श्रेयस अय्यर घाइते छन् जसका कारण उनले आईपीएल- २०२३ खेल्न पाउने छैनन् । त्यसैले कोलकाता नाइट राइडर्सले श्रेयस अय्यरको स्थानमा नितिश राणालाई कप्तान बनाएको छ । पञ्जाब किंग्सको कमाण्ड शिखर धवनको हातमा हुनेछ । जबकि सनराइजर्स हैदरावादले एडन मार्करामलाई टिमको कप्तान बनाएको छ । यसका लागि डेभिड वार्नर दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा देखिनेछन् ।
प्रतिक्रिया