शुक्रबार, वैशाख ७, २०८१

म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त

नेपालखोज २०७९ चैत १६ गते ९:१४

काठमाडाैं । म्यानमारका ४० राजनीतिक दलको वैधानिकता समाप्त गरेकोमा अहिले म्यानमारको सैनिक सरकारको चौतर्फी निन्दा हुन थालेको छ । ती दलहरूमा नोबेल शान्ति पुरस्कार पाएको आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी पनि परेको छ ।

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार नेसनल लिग फर डेमोक्रेसीलाई सेनाको निर्वाचन कानून अन्तर्गत पुन: दर्ता गर्न असफल भएकोमा भंग गर्ने घोषणा गरेको थियो ।

सन् २०२१ मा सुकी सरकारलाई अपदस्थ गरेपछि अहिले सैन्य शक्ति पहिलो पटक चुनावतर्फ अघि बढिरहेको छ । सैन्य शक्तिका आलोचकहरूका अनुसार यो चुनावको उद्देश्य सेनाको शक्ति बढाउनु हो ।

यस प्रशङमा अमेरिकाले भनेको छ, “बर्मामा कुनै पनि चुनाव सबै सरोकारवालाहरूको सहभागिता बिना स्वतन्त्र वा निष्पक्ष मानिने छैन । सैन्य शासनको व्यापक विरोधलाई ध्यानमा राख्दै, चुनाव गराउने एकपक्षीय निर्णयले अस्थिरता बढाउने सम्भावना छ।
एएफपी

प्रतिक्रिया