चौबीस घण्टामा ४२ संक्रमित, १७ जना निको

नेपालखोज २०७९ चैत १६ गते १६:३६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ९१५ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ जनाको एन्टिजेन परीक्षण गर्दा ०५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १२३ पुगेको छ ।

प्रतिक्रिया