मंगलबार, असार ३, २०८२

पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत २५ गते

नेपालखोज २०७९ चैत १६ गते १९:००

काठमाडाैं । सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुको तालाबन्दी र अवरोधका कारण स्थगित भएको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत २५ गते हुने भएको छ ।

उच्च अदालत पाटनको आदेश बमोजिम सबै विद्यार्थी संगठनहरुसँगको छलफलपछि सो मिति तोकिएको क्याम्पस प्रमुख डा.लक्ष्मण सिंह कुँवरले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विद्यार्थीहरुको परीक्षालाई समेत दृष्टिगत गरी सो मिति तोकिएको हो ।

निर्वाचन कार्यतालिका चैत १७ गते सार्वज्निक गरिने क्याम्पस प्रशासनले जनाएको छ । स्ववियु निर्वाचन स्थगनविरुद्ध अनेरास्ववियुका स्ववियु अध्यक्ष उम्मेदवार सुरेश जिसी रिट लिएर अदालत गएका थिए ।

प्रतिक्रिया