कस्ता हुन्छन् कुम्भ राशिका मानिसहरु ?

नेपालखोज २०७९ चैत १७ गते ६:४८

ज्योतिष शास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो बिधि हो । जोतिषीहरु भन्छन् , जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसंग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन ।

राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव, चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ । राशिमा आधारित भएर मानिसको प्रेम जिवन, शुभ-अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति, समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भर पर्छ । यसैगरि राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

कुम्भ : कुम्भ राशी भएका ब्यक्तीहरु आफ्नो काममा अर्काको हस्तक्षेप मन पराउँदैनन । यीनिहरु सफा मन भएका र महत्त्वकांक्षी हुन्छन् । आफ्नो कुनै पनि काममा अरुको हस्तक्षेप मन पराउँदैनन । उनिहरुको मन सफा हुन्छ तर कसैले जिस्काएको र चिढयाएको मन पर्दैन् । यीनीहरु केहि लजालु स्वभावका हुन्छन ।

कुम्भ राशी भएका ब्यक्तीहरुले आफुले गरेको मेहनत अनुसार जस पाउदैनन्, प्रायजसो एक्लै काम गर्न मन पराउँछन। खुलेर आफ्नो मनका कुरा अरुलाई भन्न सक्दैनन तर लेखाइमा यिनिहरु अघी हुन्छन् । कुम्भ राशी वा कुम्भ लग्नका ब्यक्तीहरु धेरै छिटो रिसाउँछन् र छिट्टै नै शान्त पनि हुन्छन । हत्तपत्त अरुको सुन्दैनन । मेहनत निकै गर्छन तर त्यती नै अल्छि पनि हुन्छन् ।

उनीहरुको सोच अरु भन्दा अलग किसिमको हुन्छ । यीनिहरु मन्द गतिमा संघर्षशील हुन्छन् । गुप्तविद्याको अध्ययन गर्ने, शोधकर्ता, राम्रो सल्लाहकार, चित्रकार, राजनीतिज्ञ, नयाँ मार्गदर्शन गर्ने, धर्मज्ञाता, प्रोफेसर, समाजसेवी वा कुनै ममन्दिर वा मठको मठाधीश आदि भए महत्तपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

कुनै बेला उनीहरुमा केहि बढीनै अंहकार देखिन्छ । आफु अगाडि बढ्न अरुको कुरा सुन्ने बानिको बिकास र धैर्यता निकै जरुरी छ । कुम्भ राशीका लागि शुभ बार शनिबार, बुधवार र शुक्रबार हो भने घातकबार बिहीवार हो । शुभ रत्न निलम, हिरा र पन्ना हो । मित्र राशी बृष , मिथुन , कन्या, तुला र मकर हो । मेष, कर्कट, सिंह तथा बृश्चीक शत्रु राशी हो ।

प्रतिक्रिया