आज पत्रकार महासंघको मिडिया सम्मेलन

काठमाडौं । नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आज चैत्र १७ गते आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाका रुपमा अगाडि सारिएको छ ।
उक्त सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समितिका पदाधिकारी तथा सल्लाहकार, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमूलकरुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी दुई सय भन्दा बढीको सहभागिता रहने बताईएको छ ।
सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा प्रमुख आतिथि रहने उक्त सम्मेलनमा सङ्घीय सरकारका अन्य मन्त्रीहरु तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि सहभागी हुनुहुने छ ।
सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषय प्रमुख एजेण्डा रहने नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया