आइतबार, जेठ ६, २०८१

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कस्को छ ?

नेपालखोज २०७९ चैत १७ गते १०:४२

काठमाडौं । के तपाईलाई थाहा छ ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ? संकेत-तपाईलाई उनको नाम थाहा छ । ट्विटरका मालिक एलोन मस्कका अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन् ।

इलोन मस्कको ट्विटरमा १३३।१ मिलियन अर्थात १३३.१ मिलियन फलोअर्स छन् । नयाँ फलोअर्स बढेका कारण इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पारेका छन् ।

समाचार लेख्दासम्म बराक ओबामाको ट्वीटरमा १३३ मिलियन फलोअर्स थिए । एलोन मस्कले गत वर्ष अक्टोबर महिनामा ट्विटर किनेका थिए, त्यसपछि ट्विटरमा धेरै परिवर्तनहरू देखिएका छन् ।

जसमा सीईओ पराग अग्रवाल लगायत हजारौं व्यक्तिलाई बर्खास्त गर्नेदेखि लिएर ‘ब्लु टिक’ नामक एकाउन्टको प्रमाणिकरण दिने गरी पैसा लिने जस्ता नियमहरू समावेश छन् ।

अब भारतमा ट्विटरको ब्लु टिक प्राप्त गर्न प्रयोगकर्ताले प्रति महिना करिब ६०० देखि ९०० रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रिया