चितवन २ मा एमालेबाट न्यौपानेको नाम सिफारिस
नेपालखोज
२०७९ चैत १७ गते १६:२५

चितवन । नेकपा एमालेले चितवन २ को उपचुनावका लागि उम्मेदवार बन्न जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम एकल सिफारिस गरेको छ ।
शुक्रबार बसेको जिल्ला कमिटी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो ।
यसअघि उनी क्षेत्र नम्बर ३ मा उम्मेदवार भएका थिए । तर, पछि पार्टीले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि उनी ब्याक भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया