कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रोपटक विश्वासको मत
नेपालखोज
२०७९ चैत १७ गते १७:४७

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत पाएका छन् ।
आज दिउँसो बसेको प्रदेशसभाको नवौँ बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिएका थिए ।
विश्वासको मतको विपक्षीमा १ मत परेको छ । १ सांसद अनुपस्थित थिए ।
उनी गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।
गत माघ १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा पुनः विश्वासको मत लिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया