मंगलबार, असार २४, २०८२

पश्चिम बंगालको हावडा क्षेत्रमा रामनवमीपछि हिंसा, लाठीचार्ज

नेपालखोज २०७९ चैत १७ गते २०:१३

काठमाडौं । पश्चिम बंगालको हावडामा, शिवपुर लगायतका केही क्षेत्रहरूमा बिहीबार राम नवमी जुलुसमा कथित ढुङ्गा हानेपछि शुक्रबार लगातार दोस्रो दिन दुई समूहबीच ढुङ्गा हाने र हिंसा भएको देखियो ।

आक्रोशित भीडलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको छ । बिहीबार भएको हिंसा र आगजनीमा संलग्न रहेको आरोपमा अहिलेसम्म ३६ जना पक्राउ परेका छन् । एक प्रहरी अधिकारीले यो जानकारी दिए।

अर्कोतर्फ, यो हिंसालाई लिएर तृणमूल कांग्रेस र भाजपाबीच आरोप-प्रत्यारोपको सिलसिला बढेको छ। मुख्यमन्त्री ममता बनर्जीले यसका लागि भाजपा र उसका सहयोगी संगठनहरूलाई दोष दिएकी छिन् ।

एक निजी टिभी च्यानलसँग कुरा गर्दै ममताले भनिन्, ‘धर्मले कहिले पनि अशान्तिलाई आश्रय दिँदैन । मलाई लाग्छ कि यस क्षेत्रमा दंगा फैलाउने योजना पहिले नै थियो। मैले अल्पसंख्यक क्षेत्रमा रामनवमीको जुलुस ननिस्कन अपिल गरिसकेको छु ।’

अर्कोतर्फ, राज्य बीजेपीले ममता बनर्जीलाई ट्वीटमा झुटो बोलेको आरोप लगाएको छ । -बीबीसी हिन्दी

प्रतिक्रिया