मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने

नेपालखोज २०७९ चैत १७ गते २१:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग शनिबार बिहान ८ बजे छलफल गर्ने भएका छन् ।

काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए ।

मिटरब्याज पीडितले केही दिनदेखि राजधानीमा प्रदर्शजन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया