मिटरब्याज पीडितसँग छलफल गर्दै प्रधानमन्त्री
नेपालखोज
२०७९ चैत १८ गते ७:४७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्ने भएका छन् । काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया