मेडिकल काउन्सिलको परिक्षामा २९ प्रतिशत अनुत्तीर्ण

नेपालखोज २०७९ चैत १८ गते १०:३२

काठमाडौं । नेपाल मेडिकल काउन्सिलद्वारा लिइएको विशेष परीक्षामा २९ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्। यो परिक्षामा ४३ वटा विधा समावेश थिए ।

काउन्सिलले शुक्रबार सम्पन्न गरेको २५औं विशेष परीक्षामा ४ सय २० जना परीक्षार्थी सहभागी थिए भने त्यसमा १ सय १९ जना अनुत्तीर्ण भएका छन । परीक्षामा ३०० जना अर्थात् ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

यसअघि मंसिर ९ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।

प्रतिक्रिया