आईपीएलमा सर्वाधिक छक्का खाने बलर को-को हुन ?

नेपालखोज २०७९ चैत १८ गते १४:१२

काठमाडाैं । आईपीएलका हरेक खेलमा कुनै न कुनै नयाँ कीर्तिमान खडा हुन्छ भने अनेकन कीर्तिमान तोडिइरहेका हुन्छन् । आईपीएल- २०२३ मा पनि यस्तै हुनेछ । हामीले धेरै खेलमा देखेका छौं , आईपीएलमा बलरहरु मारमा हुन्छन् । आज हामी आईपीएलमा सबैभन्दा धेरै छक्का खाने पाँच जना बलरको नाम बताउँदैछौं । विशेष कुरा के भने उनीहरु सबै स्पिन बलर हुन् र भारतीय खेलाडि हुन् ।

आईपीएलको इतिहासमा पियुष चावलाले सर्वाधिक छक्का खाएका छन् । उनले आफ्नो करियरमा कुल १ सय ८१ छक्का खाइसकेका छन् । पियुषले आईपीएलमा धेरै टिमबाट खेलिसकेका छन् । उनले अहिलेसम्म १ सय ६५ खेलमा १ सय ५७ विकेट लिएका छन् । उनको औसत लगभग २७ छ।

यो सुचिको दोस्रो नम्बरमा छन् स्पिन बलर अमित मिश्रा जसले कुल १ सय ७५ छक्का प्रहार खाएका छन् । अमित मिश्रले पनि विभिन्न टिमबाट खेलिसकेका छन् । उनले अहिलेसम्म १ सय ५४ खेलमा १ सय ६६ विकेट लिएका छन् । उनको औसत २३ को आसपास छ । मिश्रले एकपटक ५ विकेट लिने कीर्तिमान पनि बनाएका छन् ।

तेस्रो स्थान यस्तो खेलाडीको नाममा छ जसमा हत्तपत्त कसैले बिश्वास गर्दैन किनभने त्यो नाम रविन्द्र जडेजा हो । रविन्द्र जडेजाले आईपीएलमा जम्मा १ सय ५६ छक्का खाएका छन् । जडेजाले आफ्नो करियरमा चेन्नई सुपर किंग्सका लागि सबैभन्दा धेरै खेल खेलेका छन् । उनले अहिलेसम्म २ सय १० खेलमा १ सय ३२ विकेट लिएका छन् भनेले एकपटक ५ विकेट लिने कीर्तिमान बनाएका छन् ।

चौथो नम्बरमा रहेका भारतीय स्पिन बलर युजभेन्द्र चहल जडेजाभन्दा १० छक्का पछाडि छन् अर्थात् उनले १ सय ४६ छक्का खाएका छन् । चहल आइपिएलमा बारम्बार चुटिएका बलर । यद्यपि उनी विकेट लिन पनि माहिर छन् । उनले अहिलेसम्म १ सय ३१ खेलमा १ सय ६६ विकेट लिएका छन् ।

आईपीएलबाट सन्यास लिइसकेका हरभजन सिंह पनि यो सूचीमा छन् । सर्वाधिक छक्का खाने बलरको सुचिमा उनी पाँचौं नम्बरमा छन् । भज्जीले १ सय ६३ खेलमा १ सय ४५ छक्का खाएका छन् । उनले अहिलेसम्म आइपिएलका १ सय ६३ खेलमा १ सय ५० विकेट लिएका छन् ।

प्रतिक्रिया