राजनीतिलाई सेवाका रूपमा विकास गर्न प्रणाली सुधार जरुरी हुनेछ : रवि लामिछाने
नेपालखोज
२०७९ चैत १८ गते १७:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा राजनीतिलाई सेवाका रूपमा विकास गर्न प्रणाली सुधार जरुरी रहेको बताएका छन् ।
लामिछानेले व्यक्तिहरूले राजनीतिलाई आफ्नो परिवारको प्रगतिका रूपमा दुरुपयोग गरेको बताएका हुन्। स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले नगर्ने उनले बताए।
लामिछानेले भने, ‘रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ। समाजमा निरासाको ठूलो बादल छाएको छ ।’
लामिछानेले स्वर्णिम र रमेश खरेल जनाउ घण्टी मात्रै भएको बताएका छन् । उनले वाग्ले र खरेलजस्ता हजारौँ क्षमतावान् व्यक्तिहरू अहिले आफूहरूसँग संवादमा रहेको र उपचुनावपछि त्यो देखिने बताए ।
लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया