शुक्रबार, वैशाख ७, २०८१

रोजा के हो ?

नेपालखोज २०७९ चैत १९ गते ६:१७

काठमाडौं । मक्का वा मदिनामा इस्लाम धर्मको प्रचारप्रसार हुनुअघि पनि व्रत बस्ने चलन थियो । यद्यपि सुरुमा आजको जस्तो व्रत लिइदैनथ्यो । इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद समय(समयमा उपवास बस्ने भए पनि प्रारम्भिक कालमा उनका साथी वा अनुयायीहरुका लागि ३० दिन रोजा राख्नु अनिवार्य थिएन ।

हजरत मोहम्मदको हिज्रहको दोस्रो वर्ष अर्थात् मक्काबाट मदिना सरेको (६२२ ईस्वी) वा ६२४ ईस्वीमा रमजानको महिनामा रोजा राख्नु अनिवार्य बनाइएको थियो । त्यसयता विश्वभर कुनै पनि परिवर्तनबिना रोजा मनाइँदै आएको छ । रमजान जस्तै दिनभर नखाने धार्मिक प्रचलन यहुदी र अन्य धेरै जातीय समूहहरुमा पनि देखिन्छ ।

रोजा इस्लामको पाँच प्रमुख धार्मिक स्तम्भ मध्ये एक हो । बाँकी चार क्रमशः एक अल्लाह , नमाज, जकात र हज हुन । जुन वर्ष यो व्रत अनिवार्य गरिएको थियो त्यो वर्षभन्दा दुई वर्षअघि सन् ६२२ मा इस्लामका पैगम्बर साहबी (साथीहरू)सँग मक्काबाट मदिनामा बसाइ सरेका थिए। इस्लाममा यसलाई हिजरत भनिन्छ। हिजरतको दिनदेखि मुस्लिम धर्मावलम्बीहरुको वर्ष गणना सुरु हुन्छ ।

इस्लामिक विज्ञहरूका अनुसार हिजरी दोस्रो वर्षको रमजान महिनामा उपवास बस्नु मुस्लिमहरूको धार्मिक ग्रन्थ कुरानले अनिवार्य गरेको थियो ।

मक्का र मदिनामा व्रत बस्ने चलन पहिले देखि नै थियो । ढाका विश्वविद्यालयको इस्लामिक शिक्षा विभागका शिक्षक डा। शमसुल आलमले बीबीसी बंगलालाई भने, ‘कुरानको श्लोक जसद्वारा उपवास अनिवार्य गरिएको छ मा भनिएको छ-पहिलेका जातिय समूहहरू पनि उपवास बस्न बाध्य थिए ।’

यसबाट बुझ्न सकिन्छ विभिन्न जातजातिमा व्रत पहिले देखि नै प्रचलित थियो, यद्यपि त्यसको स्वरूप फरक थियो। उदाहरणका लागि, यहूदीहरू अझै पनि उपवास बस्छन् , अन्य धेरै जातिहरूमा पनि यस्तो परम्परा छ । त्यसबेला मक्का वा मदिनामा बस्ने मानिसहरु निश्चित मितिहरुमा व्रत बस्ने गर्दथे । आशुरा अर्थात् मोहरम महिनाको दशौं दिन धेरै मानिसहरु व्रत बस्थे । यसबाहेक केही मानिस चन्द्रमासको १३, १४ र १५ तारिखमा व्रत बस्थे ।

ढाका विश्वविद्यालयको इस्लामिक इतिहास र संस्कृति विभागका प्राध्यापक डा. अताउररहमान मियाजी भन्छन्, ‘अन्य अगमवक्ताहरूका लागि उपवास अनिवार्य थियो तर यो आंशिक थियो, एक महिनासम्म टिकेन । इस्लामका पैगम्बर पनि मक्कामा रहँदा एक चन्द्र वर्षमा तीन दिन उपवास बस्नुहुन्थ्यो । यो भनेको वर्षमा ३६ दिन हो । यसको अर्थ त्यहाँ पहिलेदेखि नै उपवास बस्ने चलन थियो ।’

इस्लामिक इतिहासलाई उद्धृत गर्दै उनले आदमको समयमा महिनामा तीन दिन र पैगम्बर दाउदको समयमा एक दिनको अन्तरालमा उपवास बस्ने गरेको बताए । मोसा सुरुमा तुरा पहाडमा ३० दिनसम्म उपवास बसेका थिए। पछि दस दिन थपेर लगातार ४० दिन व्रत बसे । हजरत मोहम्मदले मदिनाका मानिसहरुलाई ६२२ मा मक्काबाट मदिनामा बसाई पछि आशुराको दिन (मुहर्रम महिनाको दशौं दिन) उपवास गरेको देखे । त्यसपछि उनि पनि त्यही अनुसार व्रत बस्न थाले ।

इस्लामिक फाउन्डेसनका उपनिर्देशक डाक्टर मोहम्मद अबु सालेह पटवार भन्छन् , ‘पहिलेका मानिसहरुलाई ३० दिनसम्म व्रत बस्ने फुर्सद थिएन ।’ त्यसैले केही मानिसले आशुराको दिन व्रत राख्नुपर्थ्यो भने अरुले १३ तारिखमा उपवास बस्नुपर्थ्यो । चन्द्र महिनाको १४ र १५ तारिखमा उपवास अनिवार्य थियो । हजरत मोहम्मद मक्कामा रहँदा रोजा राख्थे कि राख्दैनथे भन्ने कुराको भने कुनै प्रमाण उपलब्ध छैन ।

हिजरत मदीनामा बसाईसकेपछि जब उनले मदिनावासीहरू आशुराको दिन व्रत बसेको देखे तब उनले सोधे कि तिमीहरु किन व्रत बस्छौ रु ती मानिसहरुको जवाफ थियो -यो दिन अल्लाहले मोसालाई फिरऊनको चंगुलबाट मुक्त गराएका हुन । त्यसैले हामी उपवास बस्छौं । हजरत मोहम्मदले भने , ‘म मुसाका लागि तपाईंहरू भन्दा बढि उत्तरदायी छु ।’ त्यसपछि उनि पनि व्रत बसे र आफ्ना साथीहरुलाई पनि व्रत राख्न भने । अर्को वर्ष बाँचे दुई दिन उपवास बस्ने पनि उनले बताए ।

चन्द्रमासको १३, १४ र १५ मन नफिल व्रत बस्ने गरेको डा । पटवारी बताउँछन् । इस्लाम धर्मका विज्ञहरूका अनुसार पैगम्बर आदमको समयमा चन्द्रमासको तीन दिनसम्म रोजा राखिन्थ्यो । पैगम्बर मुसाको समयमा आशुराको व्रत मनाइयो । अरब देशहरुमा यी दुई मितिमा व्रत बस्ने चलन थियो । इस्लामका पैगम्बर मोहम्मदको समयमा मात्र ३० दिनको उपवास अनिवार्य गरिएको थियो।

डा. मोहम्मद अबु सालेह पटवारी भन्छन्, ‘इस्लामका पैगम्बरले यी दुवै उपवास नफिलका रूपमा अर्थात् स्वेच्छिक रूपमा राख्नुभयो । उहाँले हिजरी दोस्रो वर्ष अघि कुनै उपवास कर्तव्यका रूपमा राख्नु भएन् ।’ सन् ६२४ मा कुरानको पद मार्फत मुस्लिमहरूका लागि उपवास अनिवार्य गरिएको थियो। कुनै खास घटना वा परिस्थितिका कारण उपवास अनिवार्य नगरिएको विज्ञहरू बताउँछन् ।

इस्लामिक फाउन्डेसनका उपनिर्देशक डा। अबु सालेह पटवारी भन्छन्, ‘प्रारम्भिक अवस्थामा व्रतलाई विस्तारै सहनशील बनाइयो। यदि कसैले उपवास बस्न नसके आफ्नो इच्छाअनुसार दैनिक उपवासलाई तोकिएको रकममा बदलेर दान गर्न सक्थे ।’ यो क्रम केही दिन चल्यो तर, त्यसपछि रमजानको महिनामा सबैका लागि व्रत अनिवार्य गरियो ।

डा. पटवारी भन्छन्, ‘त्यसपछि अल्लाहले फेरि निर्देशन दिनुभयो कि खाने- पिउने र अन्य कुराहरू साँझदेखि इशाको नमाज सकिएपछि मात्र गर्नुपर्छ ।’

रोजा पछि इफ्तारि

एक-दुई घटनापछि अल्लाहले उनीहरुको समस्या बुझे र अबदेखि सूर्यास्तदेखि सूर्यास्तसम्म व्रत बस्न निर्देशन दिए । यो प्रचलन अझ सम्म चलिरहेको छ । इतिहासकारहरू भन्छन्- यी सबै परिवर्तनहरू दोस्रो हिजरीमा मात्र रमजानको महिनामा भएको थियो, जब रोजा अनिवार्य गरिएको थियो। त्यसबेला उपवास बस्नुअघि र पछि खजूर, पानी, मासु र दूध खान पाइन्थ्यो।

डा. शमसुल आलम भन्छन्, ‘अरबका मानिसहरू सेहरी र इफ्तारमा एउटै खानेकुरा खान्थे। त्यसमा खजूर र पानी समावेश थियो । कहिलेकाहीँ ऊँट वा दुम्बाको दूध पिउँथे र मासु पनि खान्थे ।’ -बीबीसी समाचार, बंगला

प्रतिक्रिया